ON AIR

ताजा खबर

राष्ट्रिय

शनिबार एसइइको नतिजा प्रकाशित हुँदै

माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नतिजा शनिवार प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले शनिबार तीन बजेसम्म नतिजा प्रकाशित हुनसक्ने जानकारी दिए । कक्षा १० को...

कांग्रेस जिल्ला सभापतिका अपेक्षा : संघीय संरचनाअनुरुपको एकत्रित संगठन र सबल नेतृत्व

हेटौँडा– नेपाली कांग्रेसको ‘मिनी महासमिति’ बैठक अर्थात् जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि प्रदेश ३ को राजधानी हेटौँडामा जारी छ। आजदेखि जिल्ला सभापतिहरुले विधान संशोधनका विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्दैछन्। भेलाले दिएको सुझावका आधारमा...

नेपाललाई योग केन्द्रको रुपमा विकास गर्नुपर्ने कार्यवाहक प्रधानमन्त्रि ईश्वर पोखरेलको भनाई

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभएको छ ।  चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,...

जग्गा विवादमा दाइद्वारा भाइको हत्या

रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।  जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ । जग्गासम्बन्धी सामान्य...

प्रदेश तथा स्थानीय तहले अनुदान खर्च गर्न नसके बजेट कोषमा फर्किने

 सरकारले यसअघिको अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले गरेको व्वस्थालाई संशोधन गर्दै प्रदेश तथा स्थानीय तहमा खर्च हुन नसकेको अनुदानलाई संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ ।   प्रदेश तथा स्थानीय तहमा संघीय सरकारले पठाएको सशर्त, समपूरक...

करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

 चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका...

चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार

चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ ।  पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने यहाँ आज...

प्रदेश ३ः वेबसाइट शुभारम्भ

 प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति कार्यक्रम, बजेटको बाँडफाँट र अन्य कामकारवाही जनसमक्ष पारदर्शी गर्ने उद्देश्यले www.ocmcmm.p3.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलले सो वेबसाइटको आज शुभारम्भ...

प्रदेश ३ सरकारको बजेट असार १ गते

हेटौँडा,  प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।  आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा...

पर्यटक भिसामा आएर हजारौं विदेशी नेपालमा काम गर्दै

काठमाडौं– रोजगारीको खोजीमा दैनिक एक हजारभन्दा धेरै नेपाली विदेसिइरहँदा अन्य मुलुकबाट नेपाल आएर विदेशी नागरिकले गैरकानुनी रुपमा काम गर्नेहरु बढिरहेका छन्।  बंगलादेशदेखि उत्तर कोरियासम्मका नागरिकहरु नेपालमा अवैध रुपमा बसेर काम गरिरहेका छन्।  गत बैसाख...

रुकुममा उमेर नपुगी विहे गर्न लागेका चार जोडिको विवाह रोकियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकै दिन आज चार जोडीको विवाह रोकिएको छ ।  जिल्लास्थित बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल...

यातायात व्यवस्थाको नियमावली चाँडो कार्यान्वयनको माग

नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले राजपत्रमा गत चैत १४ गते प्रकाशित सवारी तथा यातायात व्यवस्थाको आठौँ संशोधन नियमावली चाँडो कार्यान्वयन गर्न माग गरेको छ ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लोकमान खत्रीले उक्त नियमावलीले हेभी मेशिन चालकको...

एकसय ३७ नक्कली परीक्षार्थी पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।  परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज नियन्त्रणमा लिएको हो ।  परिसरका प्रवक्ता...

पशुपतिमा पाँच हजार विरुवा रोपिने

विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ ।  अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

गाउँमा पहिलो पटक जीप पुगेपछि चालक सम्मानित

माथागढी गाउँपालिका–२ को बोक्सादीमा पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्नेको ठूलो भीड थियो ।  पन्ध्र वर्षअघि कसेनीसम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९...

प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ ।  उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको...

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाटमा ट्रक खस्दा दुई बेपत्ता

 पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् ।  भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको...

उत्कृष्ट विद्यार्थी र सगरमाथा आरोही सम्मानित

एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले पछिल्लो तीन शैक्षिक सत्रमा नुवाकोट र रसुवाबाट प्रवेशिका परीक्षा ९एसएलसी० र माध्यामिक शिक्षा परीक्षा ९एसइइ०मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएका ११ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ...

थानसिङ स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र

त्रिशूली, ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ ।  चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । भूकम्पको कारण पुरानो भवन...

रसुवामा पहिलोपटक अंगुरको विरुवा रोपियो

 कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ ।  विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका...