ON AIR

ताजा खबर

अन्तराष्ट्रिय

थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु

रासस÷सिन्ह्वा: थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।  यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो । वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने...

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ ।  आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ । आतङ्कवाद र हिंसा...

ट्रम्प भेटन उत्तर कोरियाली नेता किम जोङ्ग उन सिंगापुरमा

जेष्ठ २७, २०७५ उत्तर कोरियाली नेता किम जोङ्ग उन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि सिंगापुर पुग्नुभएको छ । दुई नेताबीच आगामी मंगलबार सेन्टोसाको एक रिसोर्टमा ऐतिहासिक भेटवार्ता हुने तय भएको छ । उत्तर कोरियाली नेताले वहालवाला अमेरिकी...

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, ३ सय भन्दा बढि घाइते

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको ज्यान गएको छ भने झण्डै ३ सय जना भन्दा बढि घाइते भएका छन् । ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको...

रुसबाट हतियार ल्याए कतारमा सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी

जेठ २० – रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको...

लिवियामा मानव तस्करद्वारा १२ आप्रवासीको हत्या

जेनेभा– लिवियामा मानव तस्करहरुद्धारा १२ जना आप्रवासीहरु मारिएका छन् भने अरु कैयौं घाइते भएका छन्।  इथियोपिया, सोमालिया लगायतका देशबाट भागेर आएर नागरिकलाई मानव तस्करहरूले हत्या गर्ने गरेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थी सम्बन्धी निकाय...

बाबा रामदेवको टेलिकम कम्पनी आयो, सुरुवातमै धूम मच्चायो !

नयाँदिल्ली,फास्ट मुभिङ कन्ज्युमर गुड्स(एफएमसिजी) क्षेत्रमा धमाका मच्चाएपछि योगगुरु रामदेव बाबा टेलिकम उद्योगमा समेत प्रवेश गरेका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार रामदेवले आइतबार हरिद्वारमा पतञ्जलीको सीमकार्ड लञ्च गरेका छन् । यसलाई ‘स्वदेशी समृद्धि...

रुसी हेलिकोप्टर सिरियमा दुर्घटना, दुई चालकको मृत्यु

मस्को,रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ ।  रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी...

इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने

वासिङ्टन,संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ ।  उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी सोमबारै...

थप मिसाइल परीक्षण आवश्यक छैनः उत्तर कोरिया

 उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताएका छन् । उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१...

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

 किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ ।  सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गर्नुभएको, राष्ट्रपतिको...

सुरक्षा कारबाहीमा गाजनीमा १६ तालिवान लडाकूको मृत्यु

अफगानिस्तानको पूर्वी गाजनी प्रान्तमा अफगानी सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा १६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद जमान खोस्तीले मङ्गलबार बताउनुभएको छ ।  उक्त घटनामा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ ।अधिकारीका अनुसार अलिखिल...

डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको जेम्स कोमी को तीखो टिप्पणी ।

अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको तीखो टिप्पणी गरेका छन् । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि...

एअर चाइनाको विमानमा एक यात्री ले धम्की दिएपछि विमान आपत्कालीन अवतरण

एअर चाइनाको विमानमा एक यात्रीले चालकदलका एक सदस्यलाई पेन देखाइ धम्की दिएपछि विमान हेनान प्रान्तको विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । आइतबार चीनको बेइजिङबाट चाङसाका लागि उडान भरेको एअर चाइनाको ‘सीए १३५०’ विमान उडान भर्ने्बित्तिकै ती यात्रीले फाउन्टेन...

बोको हरामको कब्जामा रहेका अधिकांश बालिका मारिए’

नाईजेरियामा बोको हरामले कब्जामा लिएका अधिकांश बालिका मारिइसकेको खुलेको छ । बोको हरामको सम्पर्कमा रहेका नाईजेरियाली एक पत्रकारले बोको हरामको कब्जामा रहेका ११२ बालिका मध्ये १५ जनामात्र जीवित रहेको बताएका हुन् । अहमद सलकिदा नामका ती युवकले बोको हरामसँग गरेको...

सिरियामा भएको आक्रमणलाई इरानद्वारा ‘अपराध’को संज्ञा

इरानका सर्वोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई ‘अपराध’को संज्ञा दिएका छन् । म खुलारुपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले...