ON AIR

ताजा खबर

सिरियामा भएको आक्रमणलाई इरानद्वारा ‘अपराध’को संज्ञा

इरानका सर्वोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई ‘अपराध’को संज्ञा दिएका छन् । म खुलारुपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको अपराधप्रति प्रतिबद्धता छ, त्यसैले उनीहरु अपराधी हुन्’–खमेनीले भने । आफ्नो देशका उच्च अधिकारी र मुस्लिम देशका राजदूतसँगको बैठकमा खमेनीले उनीहरुलाई आक्रमण तत्काल रोक्न दबाब दिनुपर्ने बताएको उनको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ । राससरसिन्ह्वा