ON AIR

ताजा खबर

टेलिकमको एडीएसएलमा भारी छुट, मासिक ५८३ मा चलाउनुस ५ एमबीपीएस डाटा

काठमाडौं,नेपाल टेलिकमले एडीएसएल सेवामा भारी छुट गरेको छ ।

कम्पनीले विशेष छुट सहित मासिक ५ सय ८३ रुपैयाँमा अनलिमिटेड डाटा ५ एमबीपीएसको स्पिडमा उपलब्ध गराउने भएको छ । टेलिकमले यस अघि सो सेवाको मासिक शुल्क १ हजार रुपैयाँ लिँदै आएको थियो ।

तर, आफ्ना ग्राहकहरुलाई सरल र सुलभ तरिकाबाट इन्टरेनट प्रदान गर्ने उद्देश्य अनुरुप शुल्क घटाइउको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकरी दिइन् । टेलिकमले तोकेको नयाँ शुल्क अनुसार मासिक विल भुक्तानी गर्दा ७ सय रुपैयाँ पर्नेछ । तर, सो सेवा लिएवापट अग्रीम भुक्तानी गरेका १ बर्षमा ७ हजार रुपैयाँ मात्र लाग्नेछ । यस्तै ६ महिनाको अग्रीम भुक्तानी गर्दा ३ हजार ७ सय ५० रुपैयाँ लाग्नेछ ।

ग्राहकलाई सहज रुपमा टेलिकमको इन्टरनेट सेवा प्रदान गर्नका लागि यही महिना थप १२ स्थानमा फाइबर टु दि होम (एफटीटीएच) विस्तार गर्न लागिएको समेत उनले जानकारी दिइन् । ‘कम्पनीले हरेक स्थानमा एफटीटीएच पुर्याउने उद्देश्य अनुरुप काम अघि बढाएको छ,’ उनले भने, ‘सोही अनुरुप यही महिना काठमाडौंको चाहविल, कृतिपुरलगायत १२ स्थानमा एफटीटीएस विस्तार गर्दै छौं ।’