ON AIR

ताजा खबर

नेपाल बैकले एफपिओ बिक्रिको लागि प्रक्रिया अघि बढायो

नेपाल बैंकले एफपिओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले  एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ ।
 
एफपिओ निष्कासनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौंतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरे ।
 
बैंकले प्रिमियम मूल्यमा उक्त सेयर निष्कासन गर्नेछ । मूल्य भने तय भईसकेको छैन । गत माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको थियो भने फागुन २५ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
 
हाल बैंकमा सरकारको सेयर स्वामित्व ६२ प्रतिशत छ । एफपिओ जारी गरि नेपाल सरकारको स्वामित्व ५१ प्रतिशत कायम हुनेछ । सरकारको सेयर विनिवेश गर्दा प्रकृया झण्झटिलो हुने भएकाले एफपिओ मार्फत सरकारको सेयर स्वामित्व घटाउन लागिएको हो ।