ON AIR

ताजा खबर

अर्थमन्त्रीको निर्देशनपछि बीमाको दायरा बढाउने गृहकार्यमा बीमा समिति

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको दायरा बढाउन निर्देशन दिएपछि बीमा समितिले विभिन्न योजनाहरु वनाएर अघि बढ्ने भएको छ । समितिको ५० औं बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बीमाको दायरा चारबर्ष भित्र २५ प्रतिशत पुर्याउन निर्देशन दिएका थिए ।

बीमा समितिले यसअघि नै पहिचान गरिसकेका योजना तथा नयाँ योजनाहरु निमार्णगरी दायरा विस्तार गरिने समितिका निर्देशक राजुरमण पौडेलले बताए । समितिवाट नयाँ १२ कम्पनीहरुले संचालनको अनुमति लिई व्यवसाय सुरु गरि सकेका छन् भने साथै नयाँ तथा पुराना कम्पनीहरुले शाखा विस्तारको क्रमलाई पनि निरन्तरता दिएका छन् । ग्रामिण क्षेत्रमा बीमा कम्पनीको पहुँच पुगेपछि बीमा व्यवसायको दायरा बढ्ने पौडेलको भनाई छ ।

समितिका अनुसार हालसम्म दश प्रतिशत जनतामा मात्र बीमा पहूँच पुगेको छ । कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान २.०३ प्रतिशत मात्र छ ।

बीमा बारे संचेतना जगाउन स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेतना मुलक कार्यक्रमहरु संचालन भइरेहका छन। हालसम्म पोखरा र भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, माढि नगरपालिका बाग्लुङ र बेनी नगरपालिकाका निर्वार्चित पदाधिकारीहरुसँग अन्र्तकृया कार्यक्रम संचालन गरिसकेको र यस्ता कार्यक्रमलाई अझै परिष्कृत पार्दै निरन्तरता दिइने निर्देशक पौडेलले जानकारी दिए ।

 

न्युन आय भएका परिवारलाई बीमाको दायरामा ल्याउन लघु बीमा, सवाधिक बीमा तथा कृषि बीमा र स्वस्थ्य बीमा जस्ता कार्यक्रमहरु बीमा समितिले कार्यन्वयन गरिएको छ। यस्ता कार्यक्रमहरु मार्फत ग्रामिण क्षेत्रका सर्वसाधारणहरुलाई समेटिए पछि बीमा दायरा बढ्ने बीमा समितिको ठहर छ ।

बीमाको दायरा बढाउन समितिले निर्जीवन बीमा कम्पनीको बीमा पोलिसीहरुमा गत वर्ष देखि बीमा शुल्कदर पनि घटाएको छ । भवन बीमातर्फ बीमांक रकमको प्रतिहजारमा २६ पैसाबाट घटाएर २० पैसा बीमा शुल्क कायम गरिएको छ ।

त्यस्तै वेयर हाउस तथा गोदाम बीमा तर्फको भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाम बीमामा बिमांक रकमको प्रतिहजारमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । अग्नी बीमाअन्तर्गत हाल कायम रहेको द्धेशपूर्ण कार्यको शुल्क दर बीमांकको १० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई घटाएर बीमाङ्कको ५ पैसा कायम गरिएको छ ।

बीमा कम्पनीको शाखा विस्तारका लागि ग्रामिण क्षेत्र केन्द्रित गराएको पनि उनले बताए । यस लगायत बीमा समितिले अनलाईन बीमा तथा संस्थागत अभिकर्तालाई पनि प्रोत्सहान गरिरहेका छन् ।

यद्यपी बीमा समितिले संरचनागत कमजोरी, भौगोलिक कठिलाई, जनचेतनाको अभाव, न्युन आयस्तर लगायत उचित मात्रामा प्रचारप्रसारको कमि जस्ता समस्याका कारण बीमा व्यवसायले अपेक्षित रुपमा गति लिन नसकेको औंल्याएका छन् ।