ON AIR

ताजा खबर

चौथो हप्तामा पनि ‘शत्रु गते’ हाउसफुल, कमायो १० करोड

गएको चैत ९ गतेबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर फिल्म ‘शत्रु गते’ अहिले चौथो हप्तामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको दिनदेखि फिल्मलाई दर्शक अभाव भएको छैन । सिंगल स्कृनमा बढी चल्ने अपेक्षा गरिएको यो फिल्म मल्टिप्लेक्समा आक्रामक छ । 
 
उक्त फिल्म चौथो हप्तामा समेत हरेक दिन मल्टिप्लेक्सका हरेक शो हाउसफुल भएका छन् । दर्शकहरु एकपटक होइन, पटक-पटक सिनेमा घर पुगिरहेका छन् । कहिले साथी त कहिले परिवारसँग । यसको प्रभाव फिल्मको व्यापारमा परेको छ ।
 
‘शत्रु गते’ यतिबेला 'छक्का पञ्जा' ले बनाएको १६ करोडको ब्यापारिक रेकर्ड तोड्ने अन्तिम कसरतमा छ । वितरक गोपाल कायस्थले ‘शत्रु गते’ ले चौथो हप्तासम्म आइपुग्दा १० करोडमाथीको कलेक्सन गरेको जानकारी दिए ।उनले यकिन व्यापारिक रिपोर्ट भने अहिल्यै नै दिन नसकिने बताए । उनी भन्छन्, 'फिल्म हेर्ने दर्शकको संख्या झन् दिन प्रतिदिन बढेको बढ्यै छन् । सय दिन मनाउने लगभग कन्फर्म जस्तै छ ।'