ON AIRDharmik Program Gyan Ganga

ताजा खबर

नुवाकोट गोल्डकपको उद्घाटन खेलमा नुवाकोटसँग चितवन ११ भिड्दै

बट्टार÷आजबाट शुरु हुने प्रथम नुवाकोट गोल्कपको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट ११ विरुद्ध चितवन ११ भिड्दै छन ।  
 
खेल मैदानमा पत्रकार सम्मेलन गर्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एवं प्रथम नुवाकोट गोल्डकप प्रतियोगिताका संयोजक बुद्धि प्रधानले नुवाकोट फुटबलको उर्बर भुमि रहेको बताउदै प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने बताए । १० दिन सम्म सञ्चालन हुने प्रतियोगितामा सुरक्षा ब्यबस्थापन, दर्शकहरु बस्नको लागी प्याराफिट निर्माण लगायत सबै तयारी पुरा भएको बताए । 
 
पत्रकार सम्मेलनमा बिदुर नगथरपालीका वडा नंमबर ४ का वडा अध्यक्ष एवं बिदुर नगरपालीकाका कार्यबहाक प्रमुख टलकमान श्रैष्ठले नगरपालीकाले गोल्डकप प्रतियोगित सञ्चालन र निरन्तराको लागी आबाश्यक सहयोग गर्ने बताए । राष्ट्रको लागी खेललकुद र बिकासका लागी खेलकुद आबाश्यक रहेको बताउदै आगामि दिनमा गोल्डकपको निरन्तरताको लागी  नगरपालीका सँधै तयार रहेको बताए ।प्रथम नुवाकोट गोल्डकपलाई बिशाल सिमेन्टले प्रायोजन गरेको छ । आगामि तिन बर्ष सम्मको लागी बिशालद सिमेन्ट मुख्य प्रायोजकमा रहेको बताईएको छ ।
 
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने बताइएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने नुवाकोट फुटबल संघकाउपाध्यक्ष उद्धव पनेरुले बताए । प्रतियोगितामा घरेलु टोली नुवाकोट ११, ए डिभिजनको क्लक थ्रि स्टार, फ्रेन्डस क्लब, विभागिय टोलीहरु नेपाल पुलिस क्लव, एपिएफ क्लब, मदनभण्डारि स्पोर्टस एकेडेमी, चितवन ११, रुपन्देहि ११, कास्की ११ र काठमाडौं ११ को सहभागिता रहने आयोजकले जनाएको छ ।
 
जेठ १७ गतेबाट शुरु हुने प्रतियोगता २६ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैया प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ । प्रतियोगितालाई विशाल सिमेन्टले प्रायोजक गरेको छ । खेल हरेक दिन दिउँसो ३ः३० मा हुने नुवाकोट फुटबल संघले जनाएको छ ।जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ३ हजार क्षमताको दर्शक अट्ने प्याराफिट फोल्डिङ सिट निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धि प्रधानले बताए । 
 
प्रतियोगितामा खेल हेर्न दर्शकहरुका लागि ले टिकट दर सय र ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको नुवाकोट फुटबल संघका उपाध्यक्ष पनेरुले बताउनुभयो । साथै सेमिफाईनल टिकटको मुल्य परिवर्तन हुने आयोजकले जनाएको छ ।