ON AIR

ताजा खबर

नुवाकोट गोल्डकप : क्वाटरफाइनलको खेल हुने, घरेलु टोली नुवाकोट विरुद्ध फ्रेन्डस क्लब मैदानमा उत्रिँदै

नुवाकोट÷नुवाकोटमा बिहिबारदेखि शुरु भएको सर्वा्धिक रााशिको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता अन्र्तरगत आजबाट क्वाटरफाइनलको खेल हुँदै छ । आजको खेलमा घरेलु टोली नुवाकोट र फ्रेन्डस क्लब कुपण्डोलबीच खेल हुुँदेै छ । 
 
नुवाकोट आर्दश बहुमुखि क्याम्पस बट्टारको खेल मैदानमा खेल दिउँसो ३ः३० मा हुने छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । चितवनलाई एक शुन्य गोलअन्तरले पराजित गर्दै नुवाकोटले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा दर्शकको उपस्थितिले नुवाकोट उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ । फ्रेन्डस क्लब कुपण्डोल भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएको हो । यसअघि शुक्रबार भएको खेलमा पोखराले काठमाण्डौलाई एक शुन्य गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैया प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ ।
 
आजबाट टिकट दरमा परिवर्तन 
 
यसैबिच नुवाकोटमा जारी नुवाकोट गोल्डकपमा आजबाट हुने क्वाटरफाइनलको खेलबाट टिकट दरमा परिवर्तन गरिएको छ । क्वाटरफाइनल खेलको लागि नुवाकोट फुटबल संघले एक सय रुपैयाँ र २ सय रुपैयाँको टिकटको व्यवस्था गरेको जनाएको छ । यसअघि टिकटको लागि पचास,एकसय र २ सय रुपैयाँको टिकटको व्यवस्था गरेको थियो ।