ON AIR

ताजा खबर

हुण्डी र चोरीको सुन कारोबारमा संलग्न चार पक्राउ

प्रहरीले हुण्डी कारोवार (समानान्तर बैकिङ कारोबार) र चोरीको सुन कारोवारी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको भएको भन्दै दिपेश कुमार यादब र राजन कुमार गुप्तालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले सात लाख रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको जनाएको छ ।

उनीहरुले विभिन्न व्यक्तिहरुवाट संकलीन रकम सुनचाँदीका गहना बनाउने कारखाना संचालन गरि बस्ने भारत मुम्बई घर भएका हनमन्त शंकर चौभन र रोहित पट्टेललाई दिने गरेको प्रहरीले बताएको छ ।

निजहरुको कारखानामा तलासी लिदाँ २ लाख ३ हजार, ८५५ ग्रामको चाँदीको रड, ४८ लाल तौलको सुनको सिक्री, ६०.२ लाल तौल भएको चुडिएको हाफ सिक्री तथा ढिक्का सुन १५ तोला २० लाल गरि जम्मा २० तोला सुन समेत बरामद गरेको छ ।

 

उनीहरुले चोरीको सुनको स्वरुप परिवर्तित गरेको हुनसक्ने प्रहरीको भनाई छ । बरामद नगद तथा सुन चाँदीका गहना सहित पक्राउ गरि आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागी राजस्व विभाग हरिहर भवन ललितपुर पठाएको प्रहरीले जनाएको छ ।