ON AIR

ताजा खबर

एअर चाइनाको विमानमा एक यात्री ले धम्की दिएपछि विमान आपत्कालीन अवतरण

एअर चाइनाको विमानमा एक यात्रीले चालकदलका एक सदस्यलाई पेन देखाइ धम्की दिएपछि विमान हेनान प्रान्तको विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । आइतबार चीनको बेइजिङबाट चाङसाका लागि उडान भरेको एअर चाइनाको ‘सीए १३५०’ विमान उडान भर्ने्बित्तिकै ती यात्रीले फाउन्टेन पेन देखाइ चालकदलका सदस्यलाई धम्की दिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । त्यसपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइयो । हेनानको विमानस्थलमा आपत्कालीन अवतरण गरेको सो विमानले केही घन्टापछि फेरि उडान भरेको थियो । पक्राउ पर्ने व्यक्ति ४१ वर्षका छन् । उनी मानसिक रोगी भएको जनाइएको छ ।