ON AIR

ताजा खबर

लिवियामा मानव तस्करद्वारा १२ आप्रवासीको हत्या

जेनेभा– लिवियामा मानव तस्करहरुद्धारा १२ जना आप्रवासीहरु मारिएका छन् भने अरु कैयौं घाइते भएका छन्। 

इथियोपिया, सोमालिया लगायतका देशबाट भागेर आएर नागरिकलाई मानव तस्करहरूले हत्या गर्ने गरेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थी सम्बन्धी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ।
 
‘अनुगमनकर्ताहरूका अनुसार भाग्न लागेका मानिसहरूलाई धमाधम गोली हानिएको थियो।,’ युएनएचसीआरका प्रवक्ता विलियम स्पीन्डलेरले भने।

गत मे २३ तारिखका दिन लिवियाको राजधानी त्रिपोलीदेखि १ सय ८० किलोमिटर टाढा पर्ने बानी वालिडमा घटना भएको बताइएको छ। 

‘एक पछि अर्को गर्दै यस्ता घटनाहरु सार्वजनिक भएपछि लिवियामा शरणार्थी सम्वन्धी चुनौती थप जटिल बनेको देखिएको छ।,’ स्पीन्डलेरले भने।

लिवियाका स्थानीय अधिकारीहरूले १ सय ४० जनालाई मानव तस्करहरूको नियन्त्रणबाट भगाउन सफल भएका थिए। रासस/सिन्ह्वा