ON AIR

ताजा खबर

नुवाकोट गोल्डकप : थ्री स्टार र मदनभण्डारी स्पोर्टस एकेडेमी भिड्दै

बट्टार÷नुवाकोटमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार र मदनभण्डारी स्पोर्टस एकेडेमी भिड्दै छन । 
 
दिउँसो ४ बजे नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने खेल निकै प्रतिष्पर्धात्मक हुने देखिएको छ । रााष्ट्रिय खेलाडिले भरिएको थ्रीस्टार उच्च मनोवलका साथ  मैदानमा उत्रने थ्रीस्टारका प्रशिक्षक मेघराज केशीले बताए । 
 
यसअघि आइतबार भएको खेलमा सशस्त्रको एपीएफ क्लबलाई शुन्यका विरद्ध एक गोलले स्तब्ध पार्दै पोखर सेमिफाइनलमा पुगेको थियो । १० टोलिको सहभागिता रहेको प्रतियोगितामा घरेलु टोली नुवाकोट पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगीतामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेले ३ लाख रुपैयाँ नगदसहित ट्रफि पाउने नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले बताउनुभयो ।  प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघले संयुत्त रुपमा आयोजना गरेको हो ।