ON AIR

ताजा खबर

नुवाकोट गोल्डकप : रुपन्देहीलाई हराउँदै पुलिस सेमिफाइनलमा

नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब रुपन्देही–११ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

बट्टारस्थित खेल मैदानमा आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले रुपन्देहीलाई ३–० गोल अन्तरले हराएको हो । नेपाल पुलिसलाई विजयी गराउन खेलको पहिलो हाफको ३० मिनेटमा अभिषेक रिजाल र दोस्रो हाफको ५५ र ८६ मिनेटमा सुमन लामाले दुई गोेल गर्नुभएको थियो । 

नेपाल पुलिसले अब फाइनल प्रवेशका लागि बिहीबार कास्की–११ सँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार घरेलु टोली नुवाकोटले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्दैछ । 

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार रहेको छ ।