ON AIRDharmik Program Gyan Ganga

ताजा खबर

पोखरालाई ट्राइबेकरमा पराजित गर्दै नेपाल पुलिस नुवाकोट गोल्डकपको फाइनलमा

बट्टार÷जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा नुवाकोटमा भइरहेको सर्वाधिक राषिको नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन । 
 
प्रतियोगिता अन्र्तगत आज भएको खेलमा पोखरालाई ट्राइबेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस कलब प्रतियोगिताको फाइनलमा पुगेको हो । निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको हो । 
 
खेलमा पुलिसका सुमन लामा,अभिषेक रिजाल र तेज लामाले गोल गर्न सफल भए भने अजित भण्डारी र भोला सिलवालको प्रहार पोखराका गोल किपर राजाबावु थापाले बचाएका थिए । त्यस्तै पोखराका लागि अजित गुरुङर विशाल अधिकारीले गोल गर्न सफल भएभने विमल बस्नेत,हेमन गुरुङ र लक्ष्मण रुचालको प्रहार वाहिरिएको थियो । 
 
खेलमा नेपाल पुलिस क्लबका जर्सी नं ८ का अभिषेक रिजाल म्यान अफ दि म्याच घोसित भए । उनलाई साकुरा नेपालले नगद १० हजार रुपैया पाए । फाइनल आगामी २६ गते थ्रीस्टार र पुलिसबीच हुनेछ । 
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र दोस्रो हुनेले तीन लाख रुपैयाा पाउने नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले बताए । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन ।