ON AIR

ताजा खबर

नुवाकोटको बट्टारमा यामाहाको नयाँ शोरुम

बट्टार÷नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडडब्लु इन्टरप्राइजेजले नुवाकोटको बट्टारमा ६८ औ शाखाको औपचारिक शुरुवात गरेको छ ।
 
नुवाकोटमा बढ्दै गएको मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरि नयाँ डिलरको शुरुवात गरिएको एमएडडब्लु इन्टरप्राइजेज त्रिपुरेश्वरका शाखा प्रमुख रोशन कार्कीले बताउनुभयो । नयाँ शाखाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा रिवन काटेर गर्नुभएको थियो । 
 
कार्यक्रममा बौल्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नुवाकोटको अधिकांश सडक कच्ची भएकोले यामाहा बाइक उपयुक्त रहेको बताउनुभयो । उनले ग्रामिण कच्ची सडकमा यामाहाको बाइक उपयुक्त रहेको भन्दै कम्पनिले ग्राहकको मन जितेर जनउत्तरदाही काम गरेर लाइसेन्स निकाल्ने काममा सहजीकरण गरेमा छिट्टै ग्राहकको मन जित्ने बताउनुभयो । 
 
त्यस्तै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराकहादुर कार्कीले कम्पनि खोल्नु मात्र ठुलो कुरानभएको भन्दै जनताको रोजाईमा पर्नुपर्नेमा जोड दिनुभयो । कार्कीले अहिले युवाहरुले निकै जोश र जाँगरले कम्पनि स्थापना भएको भन्दै तीव्र प्रचारप्रसार र ग्राहकको मन जित्नुपर्नेमा जोड दिनुभयो । वाणिज्य संघको हैसियतमा आफुले सधै सहयोग गर्ने कार्कीले बताउनुभयो । 
 
त्रिशुली अटोबाट ग्राहकले विश्वसनिय प्रविधिजडित यामाहाको मोटरसाइकल तथा सकुटरहरुको थ्रिएस सहित एक्सचेञ्ज र फाइनान्सको सुविधा रहेको त्रिशुली अटोका प्रबन्धक विवेक थापाले बताउनुभयो । पर्फमेन्स र स्टाइलको कारण युवाहरुमाँझमा यामाहालाई लोकप्रिय बा्रण्डको स्थापना गर्न पाउँदा आफु निकै उत्साहित रहेको थापाले बताउनुभयो । 
 
कार्यक्रममा यामाहाको शोरुम बट्टारबाट पहिलो स्कुटर खरिदकर्ता गोकर्णराज थापा र पहिलो मोटरसाइकल खरिदकर्ता सुरजराज भण्डारीलाई सम्मान गरिएको छ । नुवाकोटमा यामाहाको विक्रेताको रुपमा त्रिशुली अटो चुनिएको छ । जसको प्रोपाइटरमा विवेक थापा,किरण भट्ट र मधुसुदन थपलिया रहेकमा छन । शाखा उद्घाटन कार्यक्रममा यामाहाको नयाँ वाइक एफ आई रियर डिक्सको समेत औपचारिक बिक्री शुरु गरिएको थियो ।