ON AIR

ताजा खबर

शिवपुरकिो खोलेगाउँमा आइचर दुर्घटना, तीनजना घाइते

विदुर÷नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ खोलेगाउँमा बिहिबार साँझ आइचर दुर्घटना हँदा तीनजना घाइते भएका छन । 
 
घाइते हुनेहरुमा शिवपुरी गाउँपालिका वडा नं ६ का विनोद काकी,भुवन तामाङ र रामकाजी थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । आइचर बिहिबार साँझ छहरेबाट खोलेगाउँतर्फ गइरहेको अवस्थामा दुर्घटना हुँदा करिव ५० मिटर तल खसेको थियो । 
 
घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घाइते कार्की शरिरमा सामान्य चोट लागेको छ भने भुवन तामाङको दुबै खुट्टामा चोट लागेको छ । यस्तै रामकाजी थापाको घाँटीमा सामान्य चोट लागेको छ ।  घाइतेहरुलाई उपचारको लागि काठमाण्डौको लागी ग्रिन सिटी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।  आइचका चालक सुरेन्द्र तामाङलाई भने कुनै चोट नलागेबमे जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।