ON AIR

ताजा खबर

नुवाकोट गोल्डकपको उपाधिको लागि थ्रीस्टार र पुलिस भिड्दै

विदुर÷ नुवाकोटमा जारी सर्वाधिक राशीको नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधिको लागि शनिबार ललितपुरको रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुँदै छ । 
 
शनिबार हुने फाईनल खेलको लागि आफुहरु तयार रहेको नेपाल पुलिस क्लबका प्रशिक्षक  अनन्त थापा  र थ्रीस्टारका क्लबका प्रशिक्षक मेघराज केशीले बताए । थापा र केशी दुबैले प्रतियोगिताको उपाधि जित्न नुवाकोट आएको बताउनुभयो । नेपाल पुलिसका प्रशिक्ष अनन्त थापाले नुवाकोट रहेको मैदान निके राम्रो भएकोले खेलाडीहरुलाई खेल्न सहज भएको बताए । उनले आफुले नुवाकोटमा निकै उत्कृष्ट मैदान भएकोमा निकै खुशी लागेको बताए । 
 
त्यस्तै थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केशीले नुवाकोटमा फुटबलको वातावरण निकै राम्रो रहेको भन्दै आफुहरु फाइनलमा उत्कृष्ठ खेल खेल्ने बताए । उनले नुवाकोटमा यस्ता प्रतियोगिता गर्न ढिलाई भएको भन्दै यस्ता प्रतियोगिताले खेलाडीको मनोबल उच्च पार्नै बताए । 
 
त्यस्तै जिल्ला खेलकुद विकास समतिका अध्यक्ष तथा प्रतियोगिताका संयोजक वुद्धि प्रधानले नुवाकोटमा खेलाडी उत्पादन र नुवाकोटलाई खेल पर्यटनको माध्यमबाट चिनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । प्रधानले खेलकुदमा राज्यको ध्यान आकृष्ट गर्न प्रतियोगिताको समापन संचारमन्त्रि गोकुल वास्कोटाले गर्न लागेको बताउनुभयो । 
 
थ्रीस्टारले क्वाटरफाइनलमा मदन भण्डारी स्पाष्र्पाट एकेडेमीलाई ३—२ गोल अन्तरले र सेमिफाइनलमा घरेलु टोली नुवाकोटलाई ४—१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेपाल पुलिस क्लब रुपन्देही ११ लाई ३ —० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने पोखरालाई ट्राइबेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । 
 
प्रतियोगीतामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेले ३ लाख रुपैयाँ नगदसहित ट्रफि पाउने बताइएको छ । प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघले संयुत्त रुपमा आयोजना गरेको हो ।