ON AIR

ताजा खबर

विप्लभ माओवादीको जनपरिषद नुवाकोटद्धारा सेरा दरवार र ककनिको साझा सेवाको भवन र परिषरमा रहेको जग्गा कब्जा

विदुर÷विप्लभ समुहको नेकपा माओवादी सर्मथित जिल्ला जनपरिषद नुवाकोटले सेरा दरवारको नाममा रहेको सयौ रोपनी जग्गा र ककनिमा रहेको साझा सेवा संस्थामा  रहेको २ सय ८१ रोपनी जग्गा  कब्जामा लिएको छ । 
 
आज विहान जिल्ला जनपरिषद नुवाकोटले एक विज्ञप्ती जारी गर्दै उक्त दुई ठाउँमा रहको जग्गा कब्जा गरेको घोषणा गरेको जिल्ला जनपरिषद नुवाकोटको अध्यक्ष विन्तोष शिलवाल(अशोकले)  बताउनुभयो । 
 
हदबन्दिभन्दा बाहिरको जग्गा कृषि ट्रष्टको नाममा दर्ता गरि बेचेको,ट्रष्टको नाममा भएको जग्गा बेचविखन भएको र ट्रष्टको नाममा रहेको जग्गा कसैलाई भोगचलन नगर्न सेरा दरबारको परिषरमा रहेको जग्गा कब्जा गरेको विप्लभ माओवादीको जिल्ला जनपरिषद नुवाकोटका प्रमुख अशोकले बताउनुभयो । 
त्यस्तै जनपरिषद नुवाकोटले साझा सेवा संस्था ककनिको जग्गामा अनियमितता भएको भन्दै कब्जामा लिएको बताएको छ । साथै संस्था प्रयोग गरेको जमिन कोही कसैसँग नकिनेको भन्दै जनपरिषद नुवाकोटले कसैले उत्त ठाउँमा रहेको जग्गा किनबेच नगर्न सबैसँग आग्रह गरेको छ । अन्यथा आइपर्ने कुनैपनि समस्याको कारण स्वयम नै हुनुपर्ने जिल्ला जनपरिषद नुवाकोटले प्रेस विज्ञप्तीमार्फत सबैलाई आग्रह गरेको छ ।