ON AIR

ताजा खबर

जालपादेवी प्रिमियर लिग क्रिकेट आजबाट

देविघाट ÷देबिघाटमा आजबाट जालपादेवि प्रिमियर लिग क्रिकेट शुरु हँदै छ ।
 
देविघाटको सस्कृत बिधालयको खेलमैदानमा हुने खेलमा ११ क्लबको सहभागिता रहने आयोजक देविघाट बाल क्लबले जनाएको छ ।
 
प्रतियोगिताको खेलहरु हरेक दिन विहान ७ बजे र अपराह्न ४ बजे हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा आज देविघाट बाल क्लब’ए’ र काशीटार क्रिकेट क्लबबिच खेल हुने आयोजक देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए ।
 
प्रतियोगिताको बिजेताले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। देविघाट बाल क्लबको आयोजनामा हुने पैतियोगिता आगामाी असार १३ गतेसम्म संचालन हुने छ ।