ON AIR

ताजा खबर

जालपादेवि प्रिमियर लिग क्रिकेटमा देविघाट बाल क्लब’ए’ को विजयी शुरुवात

देबिघाट÷देबिघाटमा आजबाट जालपादेवि प्रिमियर लिग  क्रिकेट शुरु भएको छ । देविघाटको सस्कृत बिधालयको खेल मैदानमा आज भएको उद्घाटन खेलमा देविघाट बाल क्लब’ए’ ले काशीटार क्रिकेट क्लबलाई २० रनले पराजित गरेको छ । 
 
टस जितेर ब्याटिङ रोजेको देविघाट क्लबले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो  । देविघाटका लागि विशाल चित्रकारले ३६ रनको योगदान गरे भने सञ्जिव रिमालले १९ रन बनाए । १सय १७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काशीटार क्रिकेटे क्लबmे निर्धारित ओभरमा ९६ रन मात्र बनाउन सक्यो काशीटारको लागि निराजन थापामगरले १४ रन बनाए भने अशोक रिमाल ७ रनमा आउट भए । अन्य खेलाडी शुन्यमै आउट भए । बलिङमा देविघाटका लागि विशाल चित्रकारले २ विकेट हात पारे । 
 
खेलमा ३६ बनाएर २ विकेट लिएका देविघाटका विशाल चित्रकारले म्यान अफ दि म्याच घोषित भए । यसअघि प्रतियोगिाको उद्घाटन बाल कलबका अध्यक्ष रमेश चित्रकार र वडा नं ५ का सचिव सितारा रिमालले गरेका थिए । प्रतियोगिता अन्र्तगत मंगलबार हुने पहिलो खेलमा नक्षेत्र युवा क्लब र शिरखाली क्लबबीच प्रतिपिर्धा हुनेछ भने दोस्रो खेलमा चन्द्रज्योति र सुवेनियरबीच प्रतिष्पर्धा हुनेछ । 
 
आगामी असार १३ गतेसम्म हुने खेलमा ११ क्लबको सहभागिता रहने आयोजक देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए । प्रतियोगिताको बिजेताले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। देविघाट बाल क्लबको आयोजनामा हुने प्रतियोगिता आगामाी असार १३ गतेसम्म संचालन हुने छ ।