ON AIR

ताजा खबर

मतदाता शिक्षा प्रभावकारी बनाउन र अनलाईन भोटिङको व्यवस्था गर्न माग

 विदुर÷निर्वाचनमा लाखौ नेपालीहरु म्तदानबाट बन्चित हुनेपरेको भन्दै अनलाईन भोटिङको व्यवस्थाको मागसरोकारवाला निकायहरुले माग गरेका छन ।
 
 विदुरमा आज निर्वाचन आयोगले गरेको राजजितिदक दल नागरिक समाज तथा निर्वाचन कानुन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले अनलाइन भोटिङ सिस्टम र प्रभावकारी मतदाता शिक्षाको माग गरेका हुन । 
 
जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले निर्वाचनमा मतदाताहरुले अनलाइन भोटिङ व्यवस्था गरिदिन आफुहाई आग्रह गरेको भन्दै अनलाइन भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । तामाङले अनलाइन भोटिङको व्यवस्था भएमा लाखौ नेपालीले मतलदान गर्ने असधकारबाट बन्चित हुनु नपर्नै बताउनुभयो । 
 
कार्यक्रममा निर्वाचन आयोगका आयुत्त ईश्वरी प्रसाद पौडेलले विगत र अहिलेको सरकारले निर्वाचन आयोगलाई हेर्ने नजरमा फरक हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन भएको समयमा मात्र आयोगको काम हुने भन्ने गलत मान्यता स्थापित भएकोले त्यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । फरक प्रसंगमा आयुत्त पौडेलले राजनितिक दलले गरेको निर्वाचन खर्चमा आयोगलाई पार्टीका अध्यक्षले बुझाएको निर्वाचन खर्चको विषयमा विश्वास गर्नुको विकल्प नभएको बताउनुभयो । 
 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धव वहादुर थापाले निर्वाचनमा मतदाता शिक्षाको अत्यन्तै महत्पपुर्ण महत्व रहेको भन्दै प्रभावकारी रुपमा मतदाता शिक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा निर्वाचन आयोगका राजनितिक सम्बन्ध शाखाका प्रमुख धनश्याम ओझाले निर्वाचन तथा राजनितिक दल कानुनको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने निर्वाचन तथा राजनितिक विवाद निरुपणका प्रमुख मुकुन्द शर्माले निर्वाचनको क्रममा उत्पन्न हुने विवादहरुको विषयमा न्योचित निरुपण गर्नै तथा निर्वाचनलाई  स्वतन्त्र ,स्वच्छ र विश्वसनिय बनाउने विषयमा जानकारी दिनुभएकोृ थियो । 
 
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाm विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नेपाल कम्युनिष्ट पार्टीका वृन्दा ढुङ्गाना, नेपाली कांग्रेसका सचिव सुरेन्द्र अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेव खनालले मन्तव्य राख्नुभएको थियो ।