ON AIR

ताजा खबर

जालपादेवि प्रिमियर लिग क्रिकेटमा होमटाउनको सानदार जित

देबिघाट÷देबिघाटमा जारी जालपादेवि प्रिमियर लिग  क्रिकेट प्रतियोगितामा आज विहान भएको खेलका होमटाउ युवा क्लबले निरञ्जना क्लबमाथि सानदार जित हात निकालेको छ । 
 
देविघाटको संस्कृत बिधालयको खेल मैदानमा भएको खेलमा निरञ्जनाले दिएको एक सय २४ रनको लक्ष्य होमटाउन युवा क्लबले १४.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो २÷२ विकेटे योगदान गरे भने राज पाण्डेले ३३ रन प्रहार गरे । बलिङतर्फ निरञ्जनाका मधु कुमाल र विज्ञान कुमालले समान २÷२ विकेट हात पारे । 
 
यसअघि टस जितेर पहिले व्याटिङ रोजेको निरञ्जनाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । उसका लागि बिक्रम लामिछानेले ६२ र मनिस लामाले २३ रन बनाए । बलिङतर्फ होमटाउनका सुमन न्योपाने, राज पाण्डे र रमेश लामाले समान २÷२ विकेट लिन सफल भए । खेलको म्यान अफ दि म्याच होमटाउन क्लबका लागि ३३ रन बनाएर २ विकेट लिएका राज पाण्डे घोषित भए ।
प्रतियोगिता अन्र्तगा आज साँझ हुने खेलमा विदुर क्र्रिकेट क्लबको विरुद्ध सोभिनियर भिड्दै छन । 
प्रतियोगितामा ११ क्लबको सहभागिता रहेको आयोजक देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए । प्रतियोगिताको बिजेताले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । देविघाट बाल क्लबको आयोजनामा हुने प्रतियोगिता आगामाी असार ७ गतेसम्म संचालन हुने छ ।