ON AIR

ताजा खबर

Breaking News : प्रहरीको घेरा तोड्दै नुवाकोटमा प्रधानमन्त्रिको पुत्ला जलाइयो

विदुर÷नेपाल विद्यार्थी संघ (साबिक) क्षेत्र नं ३ ले नुवाकोटले विदुरमा प्रधानमन्त्रि केपी शर्मा ओलीको पुत्ला जलाएको छ । 
 
सरकारले पेट्रोलिय पदार्थमा गरेको मुल्यवृद्धि र कालोबजारीले सर्वसाधारण जनता मर्कामा परेपनि सरकार गम्भीर नभएको भन्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्रिको ओलीको पुत्लादोहन गरेको नेविसंघ नुवाकोट नवराज सुवेदिले बताए । 
 
पुत्लालोहनको क्रममा नेविसंघले सरकारको राजीनामा , मुल्यबृद्धि फिर्ता गन माग गरेको थियो । पुत्ला दोहनको क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । प्रहरीले पुत्ला २ पटकसम्म ओसेपनि तेस्रो पटकमा आन्दोलनकारीले प्रधानमन्त्रिको पुत्लो दोहन गर्न सफल भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता धुव्र अधिकारीको समेत सहभागिता रहेको थियो ।