ON AIR

ताजा खबर

होमटाउन क्लब जालपादेवि प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा

देबिघाट÷देबिघाटमा जारी जालपादेवि प्रिमियर लिग  क्रिकेट प्रतियोगितामा होमटाउन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विहान भएको खेलका होमटाउ युवा क्लबले देविघाट बाल क्लबको बि टिमलाई ७ विकेटले पराजित गर्दै होमटाउज क्लब सेमिफाइनलमा प्रवेश गरेका हो । 
 
देविघाटको संस्कृत बिधालयको खेल मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङ गर्न आएको देविघाट बाल क्लबको बि टिमले देविघाट बिलाई एक सय १५ रनको लक्ष्य दिएको थियो । देविघाटका लागि सागर पाण्डेले ४३ र दिपेश सेट्टिले १५ रन बनाए । बलिङतर्फ होमटाउनका लागि अच्युच रिमालले  ४ विकेट हात पारे भने राज पाण्डे र अनिल घिमिरेले समान २÷२ विकेट हात पारे । 
 
जवाफी मैदानमा उत्रिएको होमटाउनले १४.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य  भेट्टायो । उसका लागि  राजजंग पाण्डे ३२ रन बनाए भने आयुस रिमाल र हिमाल रिमालले समान २३÷२३ रनको योगदान गरे । बलिङतर्फ देविपघाट बाल क्लब बि का बसन्त शाहीले २ विकेट लिए भने करण गजुरेलले १ विकेट हात पारे । 
 
प्रतियोगितामा ११ क्लबको सहभागिता रहेको आयोजक देविघाट बाल क्लबका अध्यक्ष दिनेश चित्रकारले बताए । प्रतियोगिताको बिजेताले नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । देविघाट बाल क्लबको आयोजनामा हुने प्रतियोगिता आगामाी असार ७ गतेसम्म संचालन हुने छ ।