ON AIR

ताजा खबर

सातै वटा प्रदेशको बजेट आज, कुन प्रदेशको बजेट कत्रो आउँदैछ ?

सातवटै प्रदेशले आआफ्नो प्रदेशसभाबाट आज शुक्रबार बजेट सार्वजनिक गर्दै छन् । देश संघीय संरचनामा गएसँगै सातैवटा प्रदेशले पहिलोपटक बजेट पेश गर्न लागेका हुन ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ मा प्रदेशले असार १ गते आ आफ्नो प्रदेश सभामा आगामी आवको बजेटको आया व्ययाको अनुमानसहितको बजेट पेश गर्नुपर्ने छ ।

स्थानीय तहले भने असार १० भित्र आगामी बर्षको बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने छ । संघीय सरकारले भने जेठ १५ गते नै बजेट संघीय संसदमा पेश गरिसकेको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रम भने सातै प्रदेशकले यस अघि नै प्रदेशसभामा प्रस्तुत गरिसकेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार संघीय सरकारले प्रदेश र स्थानीय तहलाई पठाएको बजेट र आआफ्नो आन्तरिक स्रोतलाई आधार मानी आगामी आवको बजेट निर्माण गर्नुपर्छ ।