ON AIRLook Bhaka

ताजा खबर

जिल्ला प्रशासन कार्यालय रसुवामा हटलाइन सेवा सुरु

Nepal Live

 

रसुवा– जिल्लामा रहेका गुनासाहरुको समाधानका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ। 

प्रशासन कार्यालयले ०१०५४००१९ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको हो।  

जिल्लाको समग्र सार्वजानिक प्रशासन, सेवा प्रवाह, विपद् तथा शान्ति सुरक्षा लगायतका विषयमा गुनासा, सुझाव तथा जानकारीहरु प्राप्त गरी समयमै सम्बोधन गर्नेगरी हटलाइन सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। 

जिल्लाका कुनै पनि विषयमा जुनसुकै बेला पनि हटलाइनमा फोन गर्न सकिनेछ’, उनले भने, ‘आएका समस्या, गुनासा, सुझावबारे प्रशासनबाट हुने विषयलाई तत्काल सम्बोधन गर्छौं, अन्य कार्यालयबारे छ भने हामी उहाँहरुलाई पत्राचार गरी सम्बोधन गर्छौं।’