आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । विभागले आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेष गरी सुन्तला रङले सङ्केत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
नुवाकोटको प्रहरी–प्रशासन प्रति सूर्यगढीबासी सन्तुष्ट !!
चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाबासीले प्रहरी–प्रशासनबाट प्रवाह भइरहेको सेवा प्रति सन्तुष्ट जनाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले
दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए
काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा
नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी
काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष






प्रतिकृया दिनुहोस