हाम्रो बारेमा
‘समुन्नत नुवाकोटको समावेशी आवाज’
रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज
बेलकोटगढी नगरपालिका– ९, बाघखोर
नुवाकोट ।
सम्पर्क : ०१०–५६१९१०
Mail : radiochimteshwor@gmail.com
पृष्ठभूमी :
प्रकृतिका विविध छटाहरुको आ“चलमा सजिएको नुवाकोटमा तादी, त्रिशुली नदीको संगम देविघाट, नुवाकोट साततले दरवार, भैरवी मन्दिर, तलेजु मन्दिर, पाटनका राजको दरवार (लाम्पाटी) राजा पृथ्वी नारायण शाहको अन्त्येष्टि स्थल, जस्ता ऐतिहासिक महत्वका ठाउ“, सिन्दुरे जात्रा, लाखेनाच, घाटु नाचहरूले थप चिनारी दिएका छन् । प्रसिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग नुवाकोट, मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो भने अहिले केरुङ नाकाको ढोका नुवाकोटको गौरव बनेको छ ।
नुवाकोटका विविध आयामलाई आत्मसात् गर्दै ब्यवसायिक रुपमा पत्रकारितामा आबद्ध युवाहरुद्वारा नया जोश तथा जागर बोकेर गाउ“घरको आवाजको प्रतिनिधित्व गर्दै चिम्टेश्वर रेडियो ९०.९ मेगाहर्ज युवा सञ्चार नेपालद्धारा सञ्चालनमा रहेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित बाघखोरमा प्रशारण केन्द्र मार्फत दैनिक १८ घण्टा समाचारको साथमा सूचनामूलक, मनोरञ्जनात्मक, खोजमुलक, शैक्षिक र सामाजिक विकासका निम्ति गुणस्तरीय कार्यक्रमहरु प्रसारण गरिरहेका छौं । गाउ“, शहरलगायत समाजिक सरोकारका लागि समाजका प्रत्येक कुनाकन्दरामा हाम्रा प्रसारण मार्फत श्रोता समक्ष प्रत्यक्ष रुपमा पहु“च पु-याएका छौं ।
हाम्रो प्रसारण नुवाकोट सहित रसुवा, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लामा सुन्न सकिनेछ । ब्यवसायिक रुपमा आबद्ध पत्रकार मार्फत अत्याधुनिक उपकरण मार्फत प्रसारणमा रहेको रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज समाज रुपान्तरण तथा विश्वसनीय सञ्चारमाध्यमको रुपमा समुदायको पहिलो रोजाईको मिडियाको रुपमा क्रियाशिल रहेको छ । रेडियोको माध्यमबाट समुदायलाई सूचना, जानकारी तथा मनोरञ्जन मार्फत समृद्धि समाज निर्माणमामा केन्द्रित रहेको छ ।
कार्यक्रम र प्राथमिकता :
रेडियो चिम्टेश्वर ९०.९ मेजाहर्जले आफ्ना लक्ष्य प्राप्तिका लागि आफ्नो कार्यक्रमको वनोट र प्राथमिकता निर्धारण गरेर सञ्चालनमा रहेको छ । ताजा र विश्वनीय खबर, सामसामयिक, जन–अभिरुचिका विषयमा चर्चा, विश्लेषण, मानवअधिकार, सामाजिक न्याय, बालबालिका, समावेशी लोकतन्त्रको पक्षधर कार्यक्रम, समुदायको विषयवस्तुलाई स्थानीय भाषा र शैलीमा प्रस्तुत गराउदै आएका छौ ।
सहकारी, शिक्षा, स्वास्थ्य, कृषि, वन, अर्थ, साहित्य, कला, संस्कृति तथा पर्यटन प्रबद्र्धन गर्दै स्थानीय लोक संस्कृति, स्वस्थ मनोरञ्जनमा श्रोतासंग प्रत्यक्ष सम्पर्कमा रहेर हाम्रा कार्यक्रम प्रथामिकतामा राखिएको छ ।
रेडियो चिम्टेश्वरको पहुच :
रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज १०० वाट क्षमता भएको पहुचका दृष्टिले नुवाकोटको सम्पूर्ण भू–भाग सहित रसुवा, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर लगायतको जिल्लाको अधिकांश स्थानमा सुन्न सकिन्छ । रेडियोको तरड्ड इन्टरनेट www.radiochimteshwor.com.np मार्फत विश्वभर सुन्न र पढ्न सकिन्छ भने मोवाइल एप्स हाम्रो पात्रोमा Radio Chimteshwor मार्फत सुन्न सकिन्छ ।
उद्देश्यः
– आम जनतामा निहित सूचनाको हकलाई व्यवहारमै लागू गर्न ।
– रेडियोको माध्यमबाट सत्य, तथ्य र सन्तुलित सूचना, वैज्ञानिक एवं चेतनामूलक शिक्षा र स्वास्थ्य विषयलाई जोड दिदै स्वस्थ मनोरञ्जन प्रदान गर्न ।
– समुदायका विभिन्न जाति, धर्म, वर्ग, लिड्ड, दलित, अपाड्डता भएका ब्यक्ति लगायतका लक्षित वर्गलाई सूचना र संचारको माध्यमबाट समुदायको हरेक क्रियाकलापमा पहुच पु-याउन ।
– बहुलवादी, समावेशी र जनउत्तरदायी समाज निर्माणमा योगदान दिन ।
– मानवअधिकारको रक्षा, सामाजिक न्याय र कानूनको सर्वाेच्चता स्थापना कार्यमा सहयोग पु-याउन ।
– आवाज विहिनहरुको आवाजलाई बुलन्द बनाउन ।
– मिडियोको माध्यमबाट समाजको चासो र संलग्नता बढाउदै समुदायको अपेक्षालाई सम्बोधन गर्न ।
– उद्योग, व्यापार र वाणिज्य लगायतका आर्थिक क्रियाकलाप मार्फत समृद्ध समाज निर्माण गर्न ।
बजार प्रबद्र्धनमा रेडियो चिम्टेश्वर :
– नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा लगायतका जिल्लाका श्रोतामाझ सूचना पु-याउन सरल र लोकप्रिय माध्यम ।
– दक्ष जनशक्तिबाट उत्पादित कार्यक्रम ।
– तरड्डको प्रशारणमा आधुनिक उपकरणको प्रयोग र गुणस्तरीय ध्वनी ।
– उच्चस्तरीय प्रशारण विधिको प्रयोग ।
– सबै वर्गका श्रोता लक्षित प्रभावकारी कार्यक्रम ।
– सस्तो र शुलभ विज्ञापन दर ।
– आकर्षक र श्रोेतामा गुणस्तरीय विज्ञापन निर्माण ।
Radio Chimteshwor 90.9 MHz is a community Radio Station based in Belkotgadhi Municipality of Nuwakot district in Nepal. This Radio station was established in 2074 and is operated by Yubha Sanchar Nepal. Radio Chimteshwor aims to provide News, information, and entertainment to the people of Nuwakot district and surrounding areas. The radio station broadcasts programs in Nepali, Tamang, Nepla(Newari) language, and its programming includes News bulletins, talk shows, music, and other forms of entertainment. Radio Chimteshwor has become a popular source of information and entertainment for the local community, and it has played an important role in promoting local culture, traditions, and social issues.









