भोटेकोशी बाढी:ज्यान गुमाउनेको सङ्ख्या १४३६ जना पुग्यो

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन् ।

फेला परेकामध्ये डीएनए नमूना लिएर १ हजार २९२ शवको व्यवस्थापन गरिएको छ । पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ ।

यसैबीच रसुवाको त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालेका २४ जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ । हिजो सेनाको हेलिकप्टरमार्फत विदुर नगरपालिका–६ मा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बाढीपछि सम्पर्कविहीन भएका आफन्तको शव हुन सक्ने भन्दै पहिचानका लागि खम्बा क्याम्प पुग्न परिवारजनलाई आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण

काठमाडौँ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि

भोटेकोशी बाढीका कारण ४१० मेगावाट विद्युत गुम्यो, ऊर्जा क्षेत्र पुनरुत्थानमा तीन खर्ब ९० अर्ब चाहिने

काठमाडौँ । भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । ऊर्जा मन्त्रालयका अनुसार

असोज ९ गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान