असोज ९ गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ ।

विशेषगरी पर्सि शुक्रबारदेखि आइतबार ११ गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जलसतह उल्लेख बढ्नेछ ।

आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ । अब हुने ठूलो वर्षाका कारण नदीमा जलसतह बढ्ने र आकस्मिक बाढीको जोखिम रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्र बढ्नेछ ।

भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जलसतह उल्लेख्य रूपमा बढ्नेछ । यसैगरी असोज ९, १० र ११ गते देशभरका प्रायः सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने बुलेटिनमा उल्लेख छ । ठुला नदीमा तत्काल ठुलो जोखिम नरहे पनि आज देशका विभिन्न ३१ जिल्ला भई बग्ने स–साना नदीमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङमा जोखिम रहेको छ। बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवनका स–साना नदीमा जलसतह बढ्नेछ ।

त्यस्तै गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, लमजुङ र नवलपरासी पूर्व तथा कोशी प्रदेशको उदयपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्नेछ ।

प्रतिकृया दिनुहोस

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण

काठमाडौँ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि

भोटेकोशी बाढीका कारण ४१० मेगावाट विद्युत गुम्यो, ऊर्जा क्षेत्र पुनरुत्थानमा तीन खर्ब ९० अर्ब चाहिने

काठमाडौँ । भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । ऊर्जा मन्त्रालयका अनुसार

भोटेकोशी बाढीको क्षति आङ्कलन गर्न सर्वेक्षण शुरु 

काठमाडौँ । सरकारले भोटेकोशी नदिमा आएको बाढीका कारण पुगेको क्षतिको आंकलन गरी विपद् पछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन तयारीका लागि अध्ययन