भोटेकोशी बाढीको क्षति आङ्कलन गर्न सर्वेक्षण शुरु 

काठमाडौँ । सरकारले भोटेकोशी नदिमा आएको बाढीका कारण पुगेको क्षतिको आंकलन गरी विपद् पछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन तयारीका लागि अध्ययन अघि बढाएको छ । 

मन्त्रिपरिषदको भदौ १२ गतेको बैठकले अध्ययन गर्ने निर्णय गर्दै योजना राष्ट्रिय आयोगलाई जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएसँगै राष्ट्रिय योजना आयोगले आवश्यक कार्यविधि तयार पारी सर्वेक्षणको लागि ५ जिल्लामा कर्मचारी परिचालन गरेको छ । आयोगले ५ जिल्लाका १५ वटा पालिकामा प्राविधिक सहितका कर्मचारीहरूका ८३ टोली परिचालन गर्ने निर्णय गरे अनुसार सोमवार सम्ममा ५४ वटा सर्वेक्षण टोलीमा १ सय ६२ कर्मचारी परिचालन भई सर्वेक्षणको काम अघि बढेको जनाएको छ । 

आयोगले स्थानीय पालिकाहरूको सहयोगमा परिचालन हुने सर्वेक्षण टोलीले तथ्याङ्क आफ्नो डिभाइसमा प्रविष्ट गर्नासाथ योजना आयोगको सिंहदरबारस्थित कार्यालयमा प्रत्यक्ष देखिने व्यवस्था गरिएको छ । त्यस्तो तथ्याङ्क दैनिक रुपमा अध्यावधिक गर्ने व्यवस्था समेत मिलाइएको छ । 

स्थलगत सर्वेक्षणको लागि होटल, उद्योग, वाणिज्य क्षेत्रको क्षतिको स्थलगत तथ्याङ्क सङ्कलन गर्ने गरी प्रश्नावली तयार पारेर पठाइएको राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले जानकारी दिनु भयो । 

पिडिएनए सर्वेक्षण कार्य गर्नका लागि योजना आयोगले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा निर्देशक समिति सहित ३ वटा समिति गठन गरी संयोजनको काम गरिरहेको छ । आयोगले सर्वेक्षण कार्य अघि बढाउन विभिन्न ७ वटा कार्यदल समेत बनाएको छ । जसको संयोजन आयोगका सहसचिवहरूले गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले असोजको १५ गते भित्रमा तथ्याङ्क र विवरण सङ्कलन गरी असोजको २४ गतेसम्ममा प्रारम्भिक मस्यौदा तयार पार्ने र असोजको मसान्तसम्ममा मुल प्रतिवेदन तयार पार्ने गरी काम अघि बढाएको आयोगका सचिव पन्थले बताउनु भयो । 

यो सर्वेक्षणले घरपरिवार, उद्योग र कर्पोरेट क्षेत्रको तथ्याङ्क सङ्कलन गर्छ भने बैक वित्तीय संस्था तथा सरकारी क्षेत्रको क्षतिको विवरण सम्बन्धी जिम्मेवार निकायहरू, नेपाल राष्ट्र बैक तथा मन्त्रालयहरूले उपलब्ध गराउने छन् ।  सरकारले योजना आयोगलाई ६ हप्ता भित्रमा पिडिएनए प्रतिवेदन तयार पार्न भनेको छ ।

प्रतिकृया दिनुहोस

रसुवा बाढीका पीडित पहिचानका लागि चीनद्वारा नास्टलाई डीएनए परीक्षण प्रविधि हस्तान्तरण

काठमाडौँ । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री तथा प्रविधि

भोटेकोशी बाढीका कारण ४१० मेगावाट विद्युत गुम्यो, ऊर्जा क्षेत्र पुनरुत्थानमा तीन खर्ब ९० अर्ब चाहिने

काठमाडौँ । भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । ऊर्जा मन्त्रालयका अनुसार

असोज ९ गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान