अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन, भदौ र अशोजमा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ । पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको हो ।

त्यस्तै, दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब, विकास ऋणपत्रमार्फत ८० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड ऋण उठाउनेछ ।

तेस्रो त्रैमासमा ट्रेजरी बिलमार्फत ३० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिलमार्फत ५४ अर्ब, विकास ऋणपत्रमार्फत ४० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ ऋण उठाइने सरकारको योजना छ ।

प्रतिकृया दिनुहोस

सुनको भाउ तोलामा तीन लाख रुपैयाँ नाघ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको

डिजिटल बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८

आज सुनको भाउ तोलामै चार हजार २०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामै चार हजार २०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार पुगेको नेपाल सुनचाँदी