तीन दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाडौँ । देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य हिमाली र पहाडी भू–भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने महाशाखाको अनुमान छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । त्यस्तै, भोलि दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा तथा राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाको अनुमान छ ।
पर्सि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा खोलानालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा नदी, खोला र जोखिमयुक्त भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ ।
कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन
काठमाडौँ । सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ
मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र
काठमाडौँ । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित







प्रतिकृया दिनुहोस