निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र

काठमाडौँ । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ ।

मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई पत्र पठाएको हो ।

पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न छ ।

प्रतिकृया दिनुहोस

कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

काठमाडौँ ।  सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ

मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा

आज पनि सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ । आज सुन ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल