साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको  हो ।

गत आवको साउनमा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।

साउनमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत साउनको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ ।

गत आवको साउनमा भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्पदा संरक्षणमा विद्यार्थीको अर्थपूर्ण सहभागिता

नुवाकोट । आफ्नो ठाउँ, आफ्नो इतिहास र आफ्नो सम्पदाप्रतिको जिम्मेवारी नयाँ पुस्तामा विकास गराउने उद्देश्यले Trishuli Samudayik Boarding School & National Bethel Academy को संयुक्त

चीनतर्फका दुई मुख्य नाका पहिरोका कारण ठप्प

काठमाडौँ । बाढी, पहिरोका कारण सडक अवरुद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरुद्ध बनेका छन् । मुख्य नाका रुसुवागढी केही दिनदेखि पूर्णरूपमा

वर्षायाममा बिजुली खपत बढाउन सहुलियत दिने सरकारको तयारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन विशेष सहुलियतको