वर्षायाममा बिजुली खपत बढाउन सहुलियत दिने सरकारको तयारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनुभएको छ ।
विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत् खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत् महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो । यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युत्काे सदुपयोग हुने सरकारको विश्वास छ ।
विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी–मोरङ औद्योगिक करिडोरमा ९ वटा नयाँ सबस्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
उद्योगी–व्यवसायीहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल विद्युत् आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गरेका छन् । उनीहरूले नियमित तथा गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चिततासहित उत्पादनमूलक उद्योगको डिमान्ड शुल्क खारेज गर्न र विद्युत्मा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
साथै १ अर्ब रुपैयाँभन्दा धेरै पूँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादन गर्न अनुमति दिनुपर्ने उनीहरूको माग छ ।
आन्तरिक विद्युत् खपतका लागि आवश्यक पूर्वाधार र अनुमति सुनिश्चित भए आफूहरू ५ देखि ५० मेगावाटसम्म थप विद्युत् खपत गर्ने गरी लगानी गर्न तयार रहेको उद्योगीहरूले बताएका छन् ।
सम्पदा संरक्षणमा विद्यार्थीको अर्थपूर्ण सहभागिता
नुवाकोट । आफ्नो ठाउँ, आफ्नो इतिहास र आफ्नो सम्पदाप्रतिको जिम्मेवारी नयाँ पुस्तामा विकास गराउने उद्देश्यले Trishuli Samudayik Boarding School & National Bethel Academy को संयुक्त
चीनतर्फका दुई मुख्य नाका पहिरोका कारण ठप्प
काठमाडौँ । बाढी, पहिरोका कारण सडक अवरुद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरुद्ध बनेका छन् । मुख्य नाका रुसुवागढी केही दिनदेखि पूर्णरूपमा
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ । मुख्यमन्त्री थापाले








प्रतिकृया दिनुहोस