बागमती प्रदेश सभाको बैठक आज दिउँसो ४ बजेसम्मका लागि स्थगित

काठमाडौँ ।  बागमती प्रदेश सभाको बैठक आज दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मतसम्बन्धी छलफलका लागि हिजो दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो ४ बजेसम्मका लागि स्थगन गरिएको हो ।

प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचनामार्फत् विशेष कारणवश हिजो बेलुका ८ बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनुभएको थियो ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो ४ बजे बस्ने गरी तय गर्नुभएको हो ।

मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेषगरी राप्रपाभित्रको किचलोले अप्ठ्यारो परिरहेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासले थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा विपक्षीका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको छ ।

राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापासहित सरकारमा रहेका ३ जना मन्त्री (गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतीलाई) कारबाही गर्दै पदबाट मुक्त गर्न संसद् सचिवालयमा पत्रसमेत दर्ता भएको छ ।

यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनीतिक तथा नैतिक संकट छ ।

एमाले, राप्रपा र नेकपाका गरी ६३ सांसदको समर्थन दाबी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मेहम्मे परेको छ ।

प्रतिकृया दिनुहोस

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । इस्लाम

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो

बागमतीमा ८ मन्त्रालय कायम गरी दलहरूबीच भागबन्डाको समझदारी

काठमाडौँ । बागमती प्रदेश सरकारमा गठबन्धन दलहरूबीच ८ वटा मन्त्रालय नबढाइ भागबन्डा गर्ने समझदारी भएको छ। नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया,