बागमतीमा ८ मन्त्रालय कायम गरी दलहरूबीच भागबन्डाको समझदारी

काठमाडौँ । बागमती प्रदेश सरकारमा गठबन्धन दलहरूबीच ८ वटा मन्त्रालय नबढाइ भागबन्डा गर्ने समझदारी भएको छ।

नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा दलका नेता शालिकराम जम्कट्टेल, राप्रपा दलका नेता उद्धव थापा र मुख्यमन्त्री किरण थापाबीच यो सम्झौता भएको हो।

मंगलबार तीन दलबीच बागमती प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रदेशसभामा रिक्त सभामुख पद नेकपाबाट निर्वाचित गरिने समझदारीपत्रमा उल्लेख छ ।


प्रदेश सरकार सञ्चालन सम्बन्धी न्युनतम साझा कार्यक्रम तयार पार्न ७ दिनको समय तोकी समिति गठन गरिएको छ।

उक्त समितिमा नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण रावल, एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल, राप्रपाबाट राजेन्द्र प्रजापति र नुरज बज्राचार्य रहनेछन्।

सरकार सञ्चालनका लागि सुरुमा नेकपा नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिने समझदारीपत्रमा उल्लेख छ । समझदारी पत्रमा मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाइने उल्लेख छ ।

मन्त्रिपरिषद्को मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाको तर्फबाट र तेस्रोमा राप्रपाको तर्फबाट रहने समझदारी तीन दलबीच बनेको छ।

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

रसुवा । भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

रसुवा । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ । धुन्चेमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका