२०औँ एशियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान
काठमाडौँ । जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।
जापानमा चलिरहेको एशियाली खेलकुद प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गरेका हुन् ।
२०औँ संस्करणको एशियाली खेलकुद सम्पन्न
काठमाडौँ । जापानको आइची–नागोयामा सम्पन्न २०औँ संस्करणको एशियाली खेलकुदमा चीन ३४१ पदकसहित शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा चीनले १६९ स्वर्ण,
श्रीलंकासँगको खेल वर्षाका कारण रद्द : नेपाल बाहिरियो
काठमाडौँ । २०औँ एशियन खेलुकद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल
नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
काठमाडौँ । जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ । आइचीमा रहेको









प्रतिकृया दिनुहोस