२०औँ संस्करणको एशियाली खेलकुद सम्पन्न

काठमाडौँ । जापानको आइची–नागोयामा सम्पन्न २०औँ संस्करणको एशियाली खेलकुदमा चीन ३४१ पदकसहित शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य जितेको हो ।

आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ । जापानले ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित १५० पदक जितेको छ ।

चौथो स्थानमा रहेको भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्यसहित ८५ पदक जितेको छ ।

पाँचौँ स्थानमा रहेको उज्वेकिस्तानले २१ स्वर्ण, २५ रजत र २४ कांस्यसहित ७० पदक जितेको छ ।

एशियाली खेलकुदमा नेपालले २ वटा पदक जितेको छ । करातेको कुमितेमा तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले कांस्य पदक जितेका छन् । प्रतियोगितामा नेपालबाट २१ खेलका १३५ जना खेलाडी सहभागी थिए । नेपाली महिला टाेलीले लगातार कांस्य जितेकाे हाे ।

एशियाली खेलकुदमा नेपालले १ स्वर्णसहित कम्तीमा १० वटा पदक जित्ने लक्ष्य राखेको थियो । नेपालले ‘मिसन २०२६’ अभियान सञ्चालन गरे पनि सार्थकता पाउन सकेन ।

यही असोज ३ गतेदेखि शुरू भएकाे एशियाली खेलकुदका सबै खेल आज सकिएकाे हाे ।

प्रतिकृया दिनुहोस

२०औँ एशियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय

श्रीलंकासँगको खेल वर्षाका कारण रद्द : नेपाल बाहिरियो

काठमाडौँ । २०औँ एशियन खेलुकद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल

नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौँ । जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ । आइचीमा रहेको

↑