दसैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौँ । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही असोज २३ गतेबाट  टिकट बुकिङ खुला गरिएको छ । 

यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी  राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेल सहितका पदाधिकारी सहित बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपश्चात् महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिनुभएको छ । 

उहाँले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराउनुभयो ।

दसैँको समयमा राजधानीबाट  विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।

महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ । 

यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।

दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकुन् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

काठमाडौँ । काठमाण्डाैमा चलिरहेकाे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भाेलि बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ

चाडपर्व लक्षित विशेष सुरक्षा योजना देशभर लागू

काठमाडौँ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ । प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ

↑