कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थप
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ । आज बिहान ८ बजेदेखि मतदान शुरू भएको थियो ।
यसअघि बिहान ७ बजे मतदान शुरू गर्ने र दिउँसो ३ बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकाले लम्बिएको छ । मतदानको समय बेलुका ५ बजेसम्मका लागि थप गरेकोमा नसकिएपछि फेरि बेलुका ७ बजेसम्मका लागि थप भएको निर्वाचन समितिले जनाएको छ ।
मतदान गर्न १ जनालाई झन्डै आधा घण्टाको समय लागेको छ । १ जनाले २३ जनालाई मतदान गर्नुपर्छ ।
७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी ३ वटा केन्द्र तोकिएको छ ।
कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार हुनुहुन्छ । निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ ।
बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा आएको छ । गएको
पृथ्वी राजमार्गको गलौँदी खण्ड मर्मतका लागि आज राति बन्द रहने
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको गलौँदीमा आज राति सडक बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय
दशैँ मनाउन काठमाण्डौबाट गाउँ फर्किने यात्रुको चाप बढ्यो
काठमाडौँ । बडादशैँ शुरु भएसँगै काठमाण्डौको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाण्डौमा अध्ययन, रोजगारी तथा







प्रतिकृया दिनुहोस