नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।
अघि बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६.२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् ।
यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भएका छन् ।
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडान : गाडी वारपार हुन थाले
काठमाडौँ । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम सकिएको छ । गएको भदौ १० मा आएको भोटेकोशीको बाढीले बगाएको
पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक अर्ब ६१ करोड रुपैयाँ दिने
काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप एक करोड ५० लाख अस्ट्रेलियन डलर अर्थात् एक अर्ब ६१ करोड
नयाँ बसपार्कमा दशैँका यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले गोङ्गबुमा रहेको नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ





प्रतिकृया दिनुहोस