नयाँ बसपार्कमा दशैँका यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले गोङ्गबुमा रहेको नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ । 

महानगर प्रहरी बल नयाँ बसपार्कका प्रमुख महानगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितले काठमाण्डौ महानगरपालिका स्वास्थ्य सेवा विभागमार्फत चाडपर्वमा घर जाने यात्रुलक्षित गरी निःशुल्क स्वास्थ्य जाँच शुरू गरिएको जानकारी दिनुभयो । 
महानगरले कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको उहाँको भनाइ छ । यो सेवा दशैँभरि सञ्चालन हुने महानगर कार्यालयले जनाएको छ । नयाँ बसपार्कमा हुने भिडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । 

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार अरू समयमा हरेक दिन दिन पाँचदेखि ६ हजार यात्रु नयाँ बसपार्क हुँदै काठमाण्डौबाट बाहिर जाने गरेकामा अहिले त्यो सङ्ख्या तेब्बरसम्म पुगेको छ । 

प्रतिकृया दिनुहोस

पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक अर्ब ६१ करोड रुपैयाँ दिने

काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप एक करोड ५० लाख अस्ट्रेलियन डलर अर्थात् एक अर्ब ६१ करोड

नेपाल टेलिकमको दशैँ, तिहार अफर स् मोबाइलमा सहुलियत दरका प्याकेज

काठमाडौँ ।  नेपाल टेलिकमले दशैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकिङ सेवा प्रवाह

↑