पृथ्वी राजमार्गको गलौँदी खण्ड मर्मतका लागि आज राति बन्द रहने
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको गलौँदीमा आज राति सडक बन्द रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सडक मर्मतका लागि राति ११ देखि भोलि बिहान ५ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो ।
त्रिशूली नदीको कटानका कारण भासिएको सडकमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो । त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाडी आवागमन पूर्णरूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।
अहिले दशैँको समय पनि भएकोले पृथ्वी राजमार्गमा गाडीको चाप अत्यधिक छ । यो बेला पानी परिहालेमा हिलोमा गाडी फस्ने जोखिम उच्च रहेकोले अहिले नै मर्मत गर्न लागेको सडक विभागले जनाएको छ । याे खण्डमा झन्डै ७० मिटर सडकमा समस्या रहेको छ ।
बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा आएको छ । गएको
दशैँ मनाउन काठमाण्डौबाट गाउँ फर्किने यात्रुको चाप बढ्यो
काठमाडौँ । बडादशैँ शुरु भएसँगै काठमाण्डौको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाण्डौमा अध्ययन, रोजगारी तथा
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीमा बेलिब्रिज जडान : गाडी वारपार हुन थाले
काठमाडौँ । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम सकिएको छ । गएको भदौ १० मा आएको भोटेकोशीको बाढीले बगाएको







प्रतिकृया दिनुहोस