१ लाख ३० हजार १२९ यात्रुले लिए दशैँका लागि अग्रिम टिकट
काठमाडौँ । दशैँ पर्व शुरू भएसँगै काठमाण्डाै उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा रहेका मानिसहरू दशैँ मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका मुख्य नाकाहरूमा यात्रुको चहलपहल बढेको हो ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता सार्वजनिक गाडीमार्फत १ लाख ८७ हजारभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नाका हुँदै ७८ हजारभन्दा धेरै मानिसले काठमाण्डाै छाडेका छन् ।
यसैबीच असोज २३ गतेदेखि खुला गरिएको अग्रिम बस टिकट बुकिङमार्फत अहिलेसम्म १ लाख ३० हजार १२९ जना यात्रुले टिकट लिइसकेका छन् ।
यात्रुको चाप बढे पनि बिग्रिएका सडकका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाडी समयमै काठमाण्डाै फर्कन नसक्दा सञ्चालनमा समस्या भएको हो ।
महासङ्घले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादर बुझ्न र गाडीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ । नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको
नेपालबाट यस वर्षको मनसुन बाहिरियो
काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आज असोज २८ गते यस वर्षको मनसुन
२ महिनामा वाणिज्य बैंकले १७ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाए
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको नाफा झन्डै साढे ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र








प्रतिकृया दिनुहोस