नवनिर्वाचित कांग्रेस सभापति थापाद्वारा शपथ ग्रहण

काठमाडौँ ।  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय शानेपामा आज आयोजित विशेष समारोहमा केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले थापालाई शपथ गराउनुभएको हो ।

गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डौमा सम्पन्न पार्टीको १५औँ महाधिवेशन अन्तर्गत भएको चुनावमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।

शपथ ग्रहण समारोहमा वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधि पूरा गरी निर्वाचन आयोगका संयोजक खड्काले थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

निर्वाचित प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको छ । महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण भने दशैँपछि हुने कांग्रेसले जनाएको छ ।

शपथ ग्रहणपछि सभापति थापाले नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद वास्तविक लोकतन्त्रतर्फ र प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ लैजानुपर्ने बताउनुभएको छ ।

व्यक्तिकेन्द्रित चमत्कारिक दाबीले क्षणिक उत्साह ल्याउन सक्ने भए पनि समाजमा दिगो र स्थायी परिवर्तन संस्थाहरूको सुदृढीकरणबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत काठमाण्डौको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यो मन्दिर

विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित, छैटौं स्थान पक्का

काठमाडौँ । बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का गरेको छ

आज दशैँको महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ । दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा

↑