विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब नाघ्यो, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेकाे छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ अर्ब ३१ करोड थियो ।
यस्तै दुई महिनामा चालू खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो ।
यस्तै दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा थियो ।
यस्तै गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । गएको वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति १.८७ प्रतिशत रहेको थियो ।
दशैँका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका
काठमाडौँ । दशैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि
चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए
काठमाडौँ । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये
दशैँको विदासँगै काठमाण्डौ उपत्यकामा चहलपहल घट्दै
काठमाडौँ । काठमाण्डौ उपत्यकामा चहलपहल विस्तारै घट्न थालेको छ । दशैँ मनाउन आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै उपत्यकाका सडक, बजार र व्यापारिक



-1786786341.jpeg)




प्रतिकृया दिनुहोस