चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए
काठमाडौँ । चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् ।
थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट सङ्ख्या यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले नयाँ सिट थपिएका हुन् ।
यसैबीच, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ । त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३० सिट थपिएका छन् ।
दशैँका सामान भित्र्याउन ३ दिनका लागि खुल्यो तातोपानी नाका
काठमाडौँ । दशैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि
दशैँको विदासँगै काठमाण्डौ उपत्यकामा चहलपहल घट्दै
काठमाडौँ । काठमाण्डौ उपत्यकामा चहलपहल विस्तारै घट्न थालेको छ । दशैँ मनाउन आफ्नो गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै उपत्यकाका सडक, बजार र व्यापारिक
नवनिर्वाचित कांग्रेस सभापति थापाद्वारा शपथ ग्रहण
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय शानेपामा आज



-1786786341.jpeg)




प्रतिकृया दिनुहोस